पृष्ठभूमि
चरन तथा घाँसेवाली विउ वृद्धि फार्म
गौघाटको संक्षिप्त चिनारी:
घाँसेवालीको मूल विउको उत्पादन गर्ने श्रोत केन्द्र तथा बुल सेन्टरको रुपमा रहेको पशु विकास फार्म गौघाट को स्थापना २०३६ सालमा भएको थियो फार्मको उद्धेश्य तथा कामको प्रकृति अनुसार ( म.प. ) को मिति २०६०-८-४ को निर्णाय र सामान्य प्रशासन मन्त्रालयको मिति २०६०-१२-२३ को स्वीकृति अनुसार यस पशु विकास फार्म गौघाटको नाम संशोधन गराई चरन तथा घाँसेवाली विउ वृद्धि फार्म नामाकरण गरिएको छ । यो फार्म बाँके जिल्लाको सदरमुकाम नेपालगंज देखि पश्चिम १५ कि.मी. को दूरीमा पर्ने सितापुर गा.वि.स. वडा नं. — ५ गौघाट मा अवस्थित छ । यस फार्मको क्षेत्रफल ३४.४ हेक्टर छ । यो फार्म समुन्द्र सतह देखि १८३ मी. को उचाईमा रहेको छ । यस क्षेत्रको अधिकतम तापक्रम ४६ डिग्री सेल्सियस र न्यूनतम ४.४ डिग्री सेल्सियस सम्म रहेको छ । भने बार्षिक बर्षा सरदर १५६१ मि.मि. हुने गर्दछ ।
हरियो घाँसको कमिले गर्दा महंगो दाना अथवा सुकेको नल पराल आदिमा आधारित पशु पालन व्यवसाय गर्दा दुध उत्पादन लागत खर्च बढन गई कृषक एंव पशु पालक उद्यमिहरुको व्यवसायवाट अधिक फायदा लिन सकिरहेको छैन । त्यस कारण घाँसेवालीमा आधारित पशु पालक प्रणालिलाई व्यापकता दिई आउंदा दिनहरुमा पशु पालक कृषकहरुका घर क्षेत्रमा बाह्रै महिना हरियो घाँस उपलव्ध गराउने उद्देश्यले यस फार्मलाई घाँसको मूल विउ उत्पादन गर्ने श्रोत केन्द्रको रुपमा स्थापना गरिएको छ ।
फार्मको उद्देश्य :—
१. तराई, भित्री मधेश तथा मध्य पहाडमा हुने सुहाउदो किसिमको हिउँदे, बर्षे तथा बहुबर्षे घाँसहरुको बिउ उत्पादन गरी घाँसको मूल विउको आपूर्तिको लागि श्रोत केन्द्रको रुपमा रहेको ।
२. देशको बढदो घाँसको विउ मांग आपूर्तिमा आत्म निर्भरता ल्याउनका साथै निर्यात मूलक कार्यक्रमको रुपमा विकास गराउन निजी क्षेत्रलाई सहयोग गर्न संगठित कृषक समिति मार्फत घाँसको विउ वेर्ना उत्पादन तथा बेच बिखन कार्यक्रमलाई रोजगार मूलक तथा व्यवसायको रुपमा संचालन गराउन प्राविधिक सहयोग उत्पादन सामाग्री व्यवस्था र तालिम सेवा आदि उपलब्ध गराउने ।
३. यस भेगमा रहेका स्थानिय जातका गाई, भैसी र बाख्राहरुको उत्पादकत्व अभिवृद्धि गर्न फार्ममा राखिएका उन्नत जातका राँगो , साढे र वोकाहरुवाट प्रजनन् सेवा उपलब्ध गराई नश्ल सुधार सेवा द्वारा उन्नत पशु विकास श्रोतको रुपमा विकास गर्ने ।
४. पशु आहारा सुधारवाट पशु उत्पादन र उत्पादकत्व बढाई पशु बृद्धि गरि कृषकहरुको जिवन स्तर बढाउने । पशु उत्पादन लागत घटाई पशु पालक कृषकहरुको आय स्तर बढाउन गुणस्तरिय पशु आहारा उत्पादन गर्ने ।
६. पशुको पोषण स्तरमा सुधारल्याई उत्पादन र उत्पादकत्व बढाउन घाँसेवालीमा आधारित पशु पालक पद्धतिलाई बढावा दिने ।
यस फार्ममा जम्मा १४ जना कर्मचारीको दरवन्दी छ । पशु विकास अधिकृत १ , प.से.प्रा. २, ना.प.से.प्रा. २, सह लेखापाल १ , खरिदार १ , टाईपिष्ट १ , कार्यालय सहयोगी ५ , हल्का सवारी चलक १ । शुरुमा यस फार्ममा जम्मा २२ गोटा पशुहरु छन । मुर्रा ७ , जर्सि साढें ५, र वोका १० गोटा जसमध्ये राँगा ३, साढें १, र वोका ४ गोटा लिलाम बिक्री भै सकेको छ । अर्थात हाल फार्ममा राँगा ४ , साढें ३ र वोका ५ गोटा रहेछ । प्राकृतिक गर्भाधान सेवाका लागि पशु उत्पादन निर्देशनालय हरिहरभवनवाट रांगो २ गोटा, साढे ४गोटा र केन्द्रीय भेडा बाख्रा प्रवद्र्धन कार्यालयवाट वोका २ गोटा प्राप्त भएका छन । हाल यस फार्ममा प्राकृतिक गर्भाधान सेवाका लागि । राँगा ६ गोटा, सांढे ७ गोटा र वोका ७ गोट रहेछ । उक्त पशुहरुवाट वाँके र बर्दिया जिल्ला अन्तर्गत १६ वटा गा.वि.स. का कृषकहरुको स्थानिय नश्लका पशुहरुमा प्राकृतिक गर्भाधान ( गाई, भैसी र बाख्रा मा ) सेवा उपलब्ध भैरहेको छ । प्राकृतिक गर्भाधान सेवा उपलव्ध हुने गा.वि.स.हरु यस प्रकार रहेछ ।
१ सितापुर गा.वि.स. वाँके ।
२. उढरापुर गा.वि.स. वाँके ।
३. राधापुर गा.वि.स. वाँके ।
४. सोनपुर गा.वि.स. वाँके ।
५. बागेश्वरी गा.वि.स. वाँके ।
६. ईन्द्पुर गा.वि.स. वाँके ।
७. रनियापुर गा.वि.स. वाँके ।
८. बेलभार गा.वि.स. वाँके ।
९. खजुरा खुर्द गा.वि.स. वाँके ।
१०. परसपुर गा.वि.स. वाँके ।
११. साई गाउ गा.वि.स. वाँके ।
१२. वनकटुवा गा.वि.स. वाँके ।
१३. नेपालगंज नगरपालिका वाँके ।
१४. जमुनि गा.वि.स. बर्दिया ।
१५. सोरहवा गा.वि.स. बर्दिया ।
गत आर्थिक बर्षमा जम्मा प्राकृतिक गर्भाधान सेवा २२६४ भएको रहेछ । यस फार्मले हिउँदे , तथा बर्षे घाँसको विउ उत्पादन गर्दै आईरहेको छ । हिउदे घाँस अन्तर्गत बर्षिम, जै र भेच को विउ उत्पादन हुन्छ भने बर्षे घाँस अन्तर्गत स्टाईलो , टियोसेन्टी , ज्वाईन्टभेच को वीउ उत्पादन हुने गरेको छ । बर्षे घाँस अन्तर्गत बहुबर्षे घाँस नेपियर र मुलाटो घाँस पनि यस फार्ममा उपलब्ध छ । आ.व. ०६९÷०७० मा स्टाईलो ४७ के.जी., ज्वाईन्टभेच १४४० के.जी. ,टियोसेन्टी १७०० के.जी. विउ उतपादन भएको हो । बर्षिम १०३० के.जी., जै ३३०० के.जी. एवं भेच २७५ के.जी. उत्पादन भएको रहेछ । यस फार्मवाट उत्पादन भएका विउ बाँके, बर्दिया, दाङ्ग, सल्यान, प्यूठान, रुकुम, डोल्पा, रोल्पा, जुम्ला, चितवन, कास्की, नवलपरासी, कैलाली, कंचनपुर र डडेलधुरा अदि जिल्लाहरुमा तथा वरिपरिका कृषकहरुमा बिक्री वितरण हुने गर्दछ ।
यस फार्मले फार्म भित्रका कृया कलाप बाहेक बाह्य सेवा कार्यक्रम पनि तपसिलका समूहहरुमा संचालन गर्दै आईरहेको छ ।
१. जन ज्योति घाँसेवाली कृषक समूह सितापुर –४ वांके ।
२. हरियालि घाँसेवाली विउ वृद्धि समूह सितापुर–५ वांके ।
३. अशिष घाँसेवाली कृषक समूह जमुनी , वर्दिया ।
४. श्री कृष्ण घाासेवली विउ उत्पादन केन्द्र सानो श्री– ८ कृष्णनगर वर्दिया ।
५. रारा घाँसेवाली समूह चिसापानी ७, ८, ९ वांके ।
६. फेनापति घाँसेवली विउ उत्पादन केन्द्र धधवार वर्दिया ।
७. जन आस्था घाँसेवाली तथा घाँसको विउ उत्पादक समूह कोहलपुर वांके ।
यस फार्मको क्षेत्रफल ३४.४ हेक्टर रहेको छ अर्थात करिव ५२ विघाको क्षेत्रफल । जस मध्ये खेति योग्य ३४ विघा, बाटो भवनएरिया , नाला ४ विघा बुट्यान क्षेत्र , खर, खेति योग्य नभएको १४ विघा रहेकोछ ।
समस्या
१. फार्म भित्र करिव १४ विघा जग्गा बुट्यान क्षेत्रले ढाकेको रहेछ । घाँसको विउको मांग कृषकहरु एवं जिल्ला पशु सेवा कार्यालयवाट अधिक मात्रामा हुने भएकोले बुट्यान क्षेत्र भएको जग्गालाई खेति योग्य रुपमा प्रयोग गर्न पाउँदा केहि मात्रामा घाासको विउको मांग को अपूर्ति गर्न सकिन्छ ।
२. फार्मको जग्गा करिव ६ कि.मी. मा रहेको छ तर फेन्स नभएको हुनाले अनावश्यक पशु एवं घाँस चोरी एवं भौतिक पूर्वाधार पनि नष्ट हुने भएको हुदाँ फार्ममा फेन्स वा वार लगाउन अति जरुरी छ ।










पृष्ठभूमि
